अरुणाको कप्तानीमा गण्डकीले पाल्पामा राष्ट्रिय भलिबल खेल्ने

पाेखरा | फागुन १७, २०८०

अरुणाको कप्तानीमा गण्डकीले पाल्पामा राष्ट्रिय भलिबल खेल्ने

पोखरा:    गण्डकी प्रदेश महिला भलिबल टिमले पाल्पाको रामपुरमा भोलिदेखि सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल महिला प्रतियोगितामा अरुणा शाहीको कप्तानीमा सहभागिता जनाउने भएको छ । 


प्रथम लुम्बिनी कप राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाउन प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय महिला टोलीका कप्तान समेत रहेका अरुणा शाहीको कप्तानीमा (बुधबार) १५ सदस्य टोली घोषणा गरेको छ । 


गण्डकी प्रदेश महिला टिममा अरुणा शाही (कप्तान), एलिसा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोईङ थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुशी पुन, रेविना घर्ति मगर, अनिशा रोका, प्रशिक्षकमा मलिन रोका,  सहायक प्रशिक्षकमा समित गुरुङ र व्यवस्थापकमा पूर्णबहादुर गुरुङ रहेका छन् । 


पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 


पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसँगै सातै प्रदेशको सहभागिता रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्